

-
काठमाडौं : देशका धेरैजसो ठाउँमा हावाहुरीसहित मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि बेलुकी ५ बजेदेखि नै हावाहुरीसहित वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकीका केही ठाउँ तथा कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा भइरहेको छ ।
पानी पार्ने प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले र नयाँ प्रणाली विकास भइरहेकाले थप वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् ।
अहिले सुदूरपश्चिमको अछामसहित कर्णाली प्रदेशका हुम्ला, कालीकोट, रुकुम पश्चिम र जाजरकोटमा वर्षा भइरहेको छ । त्यस्तै लुम्बिनी प्रदेशदेखि पूर्वतर्फका धेरैजसो जिल्लाहरू—प्यूठान, गुल्मी, पर्वत, रुपन्देही, नवलपरासी, बागलुङ, म्याग्दी, कास्की, मनाङ, लमजुङ, गोरखा, तनहुँ, चितवन, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ—मा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यसैबीच सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी, गण्डकीको नवलपुर, बागमतीको चितवन, मधेशका बारा, पर्सा र धनुषा तथा कोशीका झापा र मोरङसहित आसपासका क्षेत्रमा भोलिसम्म नै तीव्र हावाहुरी कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन मौसमविद्हरूले आग्रह गरेका छन् । साथै घरको झ्यालढोका मजबुत रूपमा बन्द गर्न र अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न महाशाखाको आग्रह छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा र तराईका विभिन्न ठाउँमा तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
News Desk 0 response बुधबार, बैशाख १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
निजामती कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी प्रणाली लागू
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेशमा सरकारको खराब नियत छैन : कविन्द्र..
बुधबार, बैशाख १६, २०८३ -
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा
बुधबार, बैशाख १६, २०८३ -
वर्षाले प्रभावित खेलमा ओमानसँग हार्यो नेपाल
बुधबार, बैशाख १६, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३
-
निजामती कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी प्रणाली लागू
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेशमा सरकारको खराब नियत छैन : कविन्द्र..
बुधबार, बैशाख १६, २०८३ -
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा
बुधबार, बैशाख १६, २०८३ -
वर्षाले प्रभावित खेलमा ओमानसँग हार्यो नेपाल
बुधबार, बैशाख १६, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३



