

-
काठमाडौं : बर्ड फ्लूको सङ्क्रमण देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा झण्डै ८५ हजार कुखुरा नष्ट गरिएको छ ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवका अनुसार बर्ड फ्लू (एच ५एन १) को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो ।
कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा। यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो ।
सत्तरी हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला र दुई हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ । कुखुरासँगै ५७ हाँस, दुई लाख २७ हजार अण्डा र २८ हजार किलो दाना नष्ट गरिएको उनले बताए ।
बर्ड फ्लूको सङ्क्रमण थप फैलिन नदिन निर्देशनालयले फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै पंक्षीजन्य वस्तुको आयात निर्यातमा रोक लगाएको छ । विभागले सङ्क्रमित क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाउँदै अन्य जिल्लामा पनि निगरानी बढाएको जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



