

-
काठमाडौं : मार्च महिनामा नेपालमा १ लाख २० हजारभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२६ को मार्च महिनामा हवाईमार्गबाट १ लाख २० हजार ५१६ जना पर्यटक भित्रिएका हुन् ।
बोर्डको तथ्याङ्कअनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख २१ हजार ६८७ पर्यटक नेपाल आएका थिए । यस वर्ष सङ्ख्या सामान्य घटेको हो । कोभिड–१९ महामारीअघिको मार्च महिनामा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए ।
मार्च र अप्रिल महिनालाई पर्यटनको मुख्य सिजनका रूपमा लिइन्छ । यो समयमा विशेषगरी ट्रेकिङ, हिमाल आरोहण र सांस्कृतिक भ्रमणका लागि पर्यटकहरू आउने गरेका छन् । तर यस वर्ष मध्यपूर्वको तनावले विभिन्न देशको ‘ट्राभल एड्भाइजरी’ का कारण सङ्ख्या बढेको छैन ।
मार्च महिनामा सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ जना पर्यटक नेपाल आएका छन् । सार्क देशमध्ये भारतबाट २५ हजार ७२८ पर्यटक आएका छन् । मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडान र यात्रा योजना प्रभावित हुँदा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या बढेको छैन ।
यसैबीच अमेरिकाले नेपाललाई भ्रमण सूचीमा ‘लेभल–२’ मा झारेको छ । यसको अर्थ भ्रमणका बेला आन्दोलन हुन सक्ने भएकाले सतर्कता अपनाउनु भन्ने हुन्छ ।
यसअघि अमेरिकाले नवयुवा आन्दोलनलगत्तै सेप्टेम्बर ११ मा नेपाललाई ‘लेभल–३’ मा राखेको थियो । यसको अर्थ भ्रमणमा गर्नुअघि पुनर्विचार गर्नुस् भन्ने हुन्छ । ‘लेभल–१’ को अर्थ सामान्य अवस्था हो भने ‘लेभल–४’ मा भ्रमण नगर्न सिफारिश गरिएको हुन्छ ।
News Desk 0 response बुधबार, चैत्र १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



