

-
काठमाडौं : मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट बढ्ने जोखिम बढेको छ । नेपालमा प्रयोग भइरहेको सबै पेट्रोलियम पदार्थ भारतबाट आइरहेको छ । युद्धले भारतकै आपूर्तिमा समस्या देखिएपछि त्यसको असर नेपालमा पनि पर्ने निश्चित छ । अहिले नै भाउ बढिसकेको छ भने आपूर्ति कम भएमा सङ्कट पनि सुरू हुन्छ ।
यस्तो जोखिमलाई ख्याल गरेर जोर–बिजोर प्रणाली लागू गर्ने र साप्ताहिक बिदा बढाउनुपर्नेसम्मका छलफल शुरू भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टकाअनुसार पेट्रोलियम पदार्थको खपत घटाउने उपायबारे निगमले सरकारलाई राय दिइसकेको छ ।
मन्त्रालयका प्रवक्ता सुवेदीकाअनुसार भारतले केही खालका इन्धन अड्कलेर दिन थालिसकेको छ र अवस्था लम्बिँदै गए खाद्यतेलसहितका उपभोग्य वस्तुमा पनि मूल्यवृद्धि हुने चिन्ता छ ।
सरकारले सर्वसाधारणलाई विद्युतीय चुलोको प्रयोग बढाउन अनुरोध गर्दै आएको छ भने आयल निगमले आधा सिलिन्डर ग्यास बिक्रीको व्यवस्था गरिसकेको छ ।
यस्तै उपभोक्ता अधिकारकर्मीहरूले पेट्रोलियम पदार्थ आयात र वितरणको पारदर्शी जानकारी नागरिकलाई दिनुपर्ने र दैनिक उपभोग्य वस्तुको प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



