

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने आवश्यकतामाथि छलफल भएको छ । विश्वव्यापी ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न हर्मुज जलमार्ग खोल्न आवश्यक छ भन्ने कुरामा उनीहरू सहमत भएका बीबीसीले जनाएको छ ।
‘स्ट्रेट अफ हर्मुज’ विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट ढुवानी हुन्छ । खाडी क्षेत्रका प्रमुख तेल उत्पादक देशहरूले यही बाटो प्रयोग गर्छन् । इरानले भने हर्मुज जलमार्ग सबैका लागि खुला रहेको दाबी गरेको छ ।
यसैबीच इरानले अमेरिकालाई ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न भनेको छ । साथै इरानले यसअघि नष्ट भएका विद्युत् उत्पादन केन्द्रहरू पुनर्निर्माण नभएसम्म ‘स्ट्रेट अफ हर्मुज’ नखोल्नेसमेत जनाएको छ । साथै इरानले इजरायलका ऊर्जा केन्द्र, सूचना तथा सञ्चार प्रविधि पूर्वाधारका साथै क्षेत्रीय देशहरूमा रहेका अमेरिकी लगानीका ऊर्जा केन्द्र र अमेरिकी शेयरधनी भएका कम्पनीहरूमा पनि आक्रमण गर्ने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज नाका पूर्णरूपमा खोल्न इरानलाई ४८ घण्टाको समय दिएका थिए । इरानले यस क्षेत्रमा इजरायल र अमेरिकी जहाजमाथि ड्रोन र मिसाइल आक्रमण गर्दै आएको छ ।
News Desk 0 response सोमवार, चैत्र ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



