

-
काठमाडौं : नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा लुकाइएको ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ ।
सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमन क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा स्टक गरेर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान सिलिन्डर फेला परेको थियो ।
निगमको एलपी ग्यास विभागले मंगलबार निर्णय गर्दै उक्त उद्योगलाई बिक्री वितरणको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उद्योगको हरिसिद्धिस्थित गोदाममा रहेका १४।२ किलोका ती सिलिन्डर दुई फरक माध्यमबाट बिक्री गरिने छ ।
जसमध्ये ६ हजार थान सिलिन्डर निगमको प्रत्यक्ष रोहवरमा उद्योगका आफ्नै डिलर मार्फत बजार पठाइने छ भने बाँकी ३ सय ७७ थान सिलिन्डर निगमको टेकुस्थित कार्यालयबाटै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।ग्यास बिक्री वितरण गर्दा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले निगमले उद्योगलाई कडा निर्देशन समेत दिएको छ । निगमले हरेक सिलिन्डरको तौल र तोकिएको मूल्य अनिवार्य रूपमा जाँच गरेरमात्र बिक्री गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, निगमले उक्त उद्योगलाई बजारमा नयाँ सिलिन्डर बिक्री वितरण गर्न पूर्णरूपमा रोक लगाएको छ । साथै, श्रीराम ग्यासका सिलिन्डर अन्य कुनै पनि ग्यास कम्पनीका सिलिन्डरसँग साटफेर (एक्स्चेन्ज) गर्नसमेत नपाइने पत्रमा उल्लेख छ ।
उद्योगले दैनिक बिक्री वितरणको सम्पूर्ण विवरण ९रिपोर्ट० निगमलाई अनिवार्य उपलब्ध गराउनुपर्ने छ । यस प्रक्रियालाई पारदर्शी बनाउन र प्रभावकारी अनुगमनका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई समेत जानकारी ९बोधार्थ० दिएको छ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



