

-
काठमाडौं : नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिएको छ ।
राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो ।
नेपाली सेना देशभित्र मात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । पछिल्लो समय नेपाली सेनामा महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो ।
अहिलेसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४ सय ९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका १० मिसनमा अहिले ३ सय ९१ महिलासहित चार हजार ३ सय २ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ । –रासस
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
हारमा ह्याट्रिक : रवीन्द्र मिश्रले दिए राप्रपाका..
शनिबार, फाल्गुन २३, २०८२ -
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



