

-
जापान र थाइल्याण्डमा सम्पन्न आम चुनावले दुवै देशको राजनीतिक दिशा स्पष्ट रूपमा परिवर्तन गरेको छ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धनले ऐतिहासिक जीत निकाल्दै संसदमा ठूलो बहुमत हासिल गरेको समाचारसंस्था रोयटर्सले जनाएका छ ।
ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनका ४ सय ६५ सिटमध्ये झन्डै ३ सय २८ सिटमा जीत हासिल गरेको छ । गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इशिन) सँग मिलेर ताकाइचीले दुई–तिहाइभन्दा बढी सिट सुरक्षित गर्नुभएको खबरमा उल्लेख छ ।
ठूलो बहुमतसँगै ताकाइचीलाई कर कटौती, आर्थिक सुधार र सुरक्षा नीतिमा महत्त्वपूर्ण निर्णय लिन सहज बनाउनेछ । यद्यपि कर कटौतीको योजनाले जापानी ऋण र येनमाथि दबाब बढाएको भन्दै वित्तीय बजारमा चिन्ता बढाएको छ । चुनावपछि प्रारम्भिक कारोबारमा जापानी येन अमेरिकी डलरको तुलनामा केही कमजोर बनको छ ।
यस्तै थाइल्याण्डमा प्रधानमन्त्री अनुतिन चार्नभिराकुलको भुमजैथाई पार्टीले स्पष्ट अग्रता बनाएको छ । थाइल्याण्डमा प्रारम्भिक मतगणनाअनुसार भुमजैथाई पार्टीले तल्लो सदनमा ५ सय मध्ये सबैभन्दा अगाडि एक सय ९४ सिट हात पारेको छ । प्रगतिशील पीपुल्स पार्टी दोस्रो र एक समयको शक्तिशाली फ्यु थाई पार्टी तेस्रो स्थानमा छन् ।
अनुतिनले कम्बोडियासँगको सीमा विवादपछि चर्किएको राष्ट्रवादी भावनालाई चुनावी रणनीतिमा रूपान्तरण गर्दै संसद विघटन गरेर आकस्मिक चुनाव घोषणा गर्नुभएको थियो । विश्लेषकहरूका अनुसार यही राष्ट्रवादी एजेण्डा उहाँका जितको मुख्य आधार बन्यो । यद्यपि भुमजैथाईले एक्लै बहुमत नपाउने सम्भावना रहे पनि स्थिर सरकार गठनको सम्भावना बलियो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
थाइल्याण्डमा चुनावसँगै गरिएको जनमतसंग्रहमा सन् २०१७ को सैनिक समर्थित संविधानलाई प्रतिस्थापन गर्ने प्रस्तावलाई मतदाताले झन्डै दुई तिहाइ बहुमतले समर्थन गरेका छन् । यदि प्रक्रिया अघि बढेमा नयाँ संविधान आउन कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।
जापानमा ताकाइचीको बलियो जनादेशले नीतिगत तीव्रता ल्याउने संकेत दिएको छ भने थाइल्याण्डमा अनुतिनको जितले लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने आशा बढाएको छ ।
News Desk 0 response सोमवार, माघ २७, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



