

-
अमेरिकी अर्बपति एलन मस्क ६ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति भएका छन् । फोर्ब्सका अनुसार सोमवार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेको र अहिले झन्डै ६ खर्ब ७७ अर्ब डलर पुगेको छ ।
मस्कको सम्पत्ति तीव्र गतिमा बढ्नुमा उहाँको अन्तरिक्ष कम्पनी स्पेसएक्स रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्पेसएक्सको मूल्याङ्कन अहिले ८ खर्ब डलर पुगेको छ । मस्कसँग स्पेसएक्सको झन्डै ४२ प्रतिशत स्वामित्व छ । स्पेसएक्सको मूल्याङ्कन वृद्धिबाट उहाँको सम्पत्तिमा १ खर्ब ६८ अर्ब डलर थपिएको खबरमा उल्लेख छ ।
यसअघि गएको अक्टोबरमा मस्क ५ खर्ब डलरको आँकडा पार गर्ने पहिलो व्यक्ति बनेका थिए। यो नयाँ रेकर्ड उहाँको लागि अर्को ठूलो उपलब्धि हो ।
यसका साथै मस्कको सम्पत्तिमा उहाँको विद्युतीय कार कम्पनी टेस्लाले पनि योगदान पुर्याएको छ । बिक्रीमा थोरै गिरावट आए पनि यस वर्ष अहिलेसम्म टेस्लाको शेयर १३ प्रतिशतले बढेको छ । टेस्लामा मस्कको झन्डै १२ प्रतिशत स्वामित्व छ ।
News Desk 0 response मङ्लबार, पुस १, २०८२

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



