-
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन् ।
बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रे भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे ।
विशेषगरी राहदानी (पासपोर्ट) ठेक्का प्रकरणमा मुद्दा अघि बढाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौँ राखिएको भन्ने सञ्चारमाध्यमका समाचारप्रति सांसदहरूले आक्रोश पोखेका थिए । संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखाजस्तो बन्न नहुने उनीहरूको भनाइ थियो ।
जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दाबी गरे । राहदानी प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग नियमअनुसार नै छलफल भएको बताउँदै उनले आयोगले कुनै कैफियत विना, प्रमाणका आधारमा मात्रै अभियोगपत्र दर्ता गरेको स्पष्ट पारे ।
साथै जीवित रहेका पूर्वप्रधानमन्त्रीहरूविरुद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान गरिरहेको राईको भनाइ थियो ।
सांसदहरूले भने राजनीतिक प्रभाव र दबावभन्दा माथि उठेर काम नगरे संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष बन्न आग्रह गरेका छन् ।
News Desk 0 response बिहिबार, भदौ ४, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३