

-
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन् ।
बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रे भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे ।
विशेषगरी राहदानी (पासपोर्ट) ठेक्का प्रकरणमा मुद्दा अघि बढाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौँ राखिएको भन्ने सञ्चारमाध्यमका समाचारप्रति सांसदहरूले आक्रोश पोखेका थिए । संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखाजस्तो बन्न नहुने उनीहरूको भनाइ थियो ।
जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दाबी गरे । राहदानी प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग नियमअनुसार नै छलफल भएको बताउँदै उनले आयोगले कुनै कैफियत विना, प्रमाणका आधारमा मात्रै अभियोगपत्र दर्ता गरेको स्पष्ट पारे ।
साथै जीवित रहेका पूर्वप्रधानमन्त्रीहरूविरुद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान गरिरहेको राईको भनाइ थियो ।
सांसदहरूले भने राजनीतिक प्रभाव र दबावभन्दा माथि उठेर काम नगरे संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष बन्न आग्रह गरेका छन् ।
News Desk 0 response बिहिबार, भदौ ४, २०८३

सम्बन्धित शीर्षकहरु
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवा–भोटेकोशी बाढी : ९३९ जनाको मृत्यु, ३..
सोमवार, भदौ १५, २०८३



