

-
काठमाडौँ ।
मंसिर १० पछि रिक्त हुने मुख्यसचिव पदका लागि सिंहदरवारमा चलखेल तीव्र बन्दै गएको छ । वर्तमान मुख्यसचिव एकनारायण अर्याल उमेरहदका कारण अवकाश हुने मिति नजिकिँदै जाँदा सरकारले नयाँ प्रशासनिक नेतृत्व छान्नुपर्ने दबाब बढेको हो । निर्वाचन गराउने प्रमुख जिम्मेवारी बोकेको अन्तरिम सरकारले सोही दायित्व पूरा गर्न सक्षम र चुनावमैत्री प्रशासन प्रमुख आवश्यक भएको उच्च सरकारी स्रोतले जानकारी दियो ।प्रधानमन्त्री सुसीला कार्की सहित मन्त्रिपरिषद्का सदस्यहरू आगामी मुख्यसचिव चयन सम्बन्धमा गृहकार्यमा जुटिरहेका छन् ।
अर्यालको अवकाशसँगै पहिलो बरियतामा रहेका सचिव गोकर्णमणि दुवाडी मुख्यसचिवका प्रमुख दाबेदार मानिएका छन् । उमेरले ५० ननाघेका दुवाडी सचिव भएको पाँच वर्ष पूरा गर्ने क्रममा छन् । उनी गृहसचिव तथा अघिल्ला संघीय र स्थानीय निर्वाचनमा आयोगका सचिवका रूपमा कार्यसम्पादन गरिसकेकाले वर्तमान सरकारको प्राथमिक रोजाइमा पर्ने अनुमान प्रशासन वृत्तमा छ ।मुख्यसचिवको प्रतिस्पर्धामा अन्य सचिवहरूको संलग्नता पनि छ । दुवाडीपछि रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल छन् । त्यसपछिको बरियातामा खानेपानी मन्त्रालयका सचिव प्रमिला बज्राचार्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्ण छन् । साथै, मधुसुदन बुर्लाकोटी पनि मुखयसचिवको लविङ्गमा देखिन्छन् ।
News Desk 0 response सोमवार, मंसिर ९, २०८२
यी सबै दाबेदारहरू राजनीतिक नेतृत्वदेखि जेनजी आन्दोलनका प्रभावशाली व्यक्तिसम्म समक्ष समर्थनका लागि दौडधुपमा रहेको स्रोत बताउँछ ।
लिलामणि पौडेलका एकपटक बाहेक, पछिल्ला वर्षहरूमा सरकारले प्रायः बरियताका आधारमै मुख्यसचिव नियुक्त गर्दै आएको छ । यसपटक पनि सोही प्रचलन दोहोरिने अपेक्षा राखिएको छ ।
यदि बरियताकै आधारमा चयन भयो भने दुवाडीको सम्भावना बलियो देखिन्छ ।

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


