

-
अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ । तर सुरक्षा ग्यारेन्टीका मुख्य मुद्दाहरूमा भने सहमति जुट्न नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले तयार गरेको शान्ति योजनाले युक्रेनलाई केही भूभाग त्याग्न, सेनाको आकारमा सीमितता स्वीकार्न र नाटोमा सम्मिलित नहुन आग्रह गरेको छ । जसले युक्रेन र युरोपेली देशहरूबीच चिन्ता बढाएको छ । रुबियोले वार्तामा केही जटिल बुँदाहरू सल्टाउन गर्न सफल भएको तर नाटोको भूमिकादेखि युक्रेनलाई दिने सुरक्षा प्रत्याभूतिको विषय अझै टुंगिन बाँकी रहेको बताए ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भूभाग सम्बन्धी संवेदनशील विषयमा प्रत्यक्ष छलफल गर्न अमेरिका आउने सम्भावनाबारे दुवै पक्षबीच कुराकानी भइरहेको बताए । युक्रेनको ऊर्जा संरचनामा तीव्र आक्रमण भईरहेको र सैनिक अभाव बढिरहेको अवस्थामा यो विषय युक्रेनका लागि अत्यन्तै संवेदनशील मानिएको छ ।
युक्रेनी राष्ट्रपति घरेलु राजनीतिक दबाब, भ्रष्टाचार काण्ड र युद्ध–स्रोत अभावबीच कसरी आफ्नो स्वाधीनता र प्रतिष्ठाको रक्षा गर्ने भन्ने चुनौतीसँग जुधिरहेका छन् । युद्धको झन्डै चार वर्ष पूरा हुँदै गर्दा युक्रेन अझै पनि अमेरिकी सैन्य सहयोग र सूचनामा निर्भर छ ।
News Desk 0 response सोमवार, मंसिर ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


