

-
काठमाडौं : कृषि तथा पशुपछी विकास मन्त्रालयले गएको असोजमा भएको वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । असोज दोस्रो हप्तापछि निरन्तर परेको पानीले कृषि बाली, पशुपछी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण सङ्कलन गरेको र क्षति तीन अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको मन्त्रालयले जनाएको छ ।
सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित पालिकासँगको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरेका हुन् । मन्त्रालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बीमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग आवश्यक समन्वय गर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल पनि गठन गरेको छ । खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने अनुमान गरिएको सूचना अधिकारी जोशीले बताए ।
उनका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइनेछ । किसानले कात्तिकमा परेको पानीका कारण पनि धानबालीमा क्षति भोगेका छन् । यसको पनि विवरण सङ्कलन भइरहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, कार्तिक २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


