• काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम सफा छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ । यस्तै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।