

-
काठमाडौं : गएको भदौ २३ र २४ गतेको घटनाको बारेमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
आयोगका प्रवक्ता एवम् सदस्य विज्ञानराज शर्माका अनुसार जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते को–को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो । पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध गराएको थिएन । त्यसपछि आयोगले पत्र लेखेर विवरणबारे सोध्दा जबाफमा आइजीपीदेखि जवानसम्म खटिएको भनिएको थियो ।
प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतवार जाँचबुझ आयोगले आइजीपी चन्द्रकुबेर खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन भनेर प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको विवरण काठमाण्डौ उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जबाफ फर्काएको थियो ।
प्रधान कार्यालयले नै उपलब्ध गराउनुपर्ने विवरण नदिएको भन्दै जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङसँग स्पष्टीकरण सोधेको हो ।
News Desk 0 response बिहिबार, कार्तिक २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


