• काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुलेको छ । काठमाडौं र आसपासका ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

    देशका धेरै ठाउँको मौसम आज घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अब केही दिन पानी पर्ने सम्भावना छैन ।

    तर पहाडी भेगका केही ठाउँमा भने हल्का वर्षा र बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।