

-
पछिल्ला दिनहरुमा देशभर चिसो बढ्न थालेसँगै विद्युत् खपत क्रमशः बढ्न थालेको छ । गर्मी कम भइ क्रमशः चिसो बढ्न थालेसँगै स्वदेशमा विद्युतको खपत बढ्दै गएको हो ।
चाडपर्व सकिएसँगै उद्योग कलकारखाना खुल्ने र चिसोका कारण आम सर्वसाधारणले विद्युत्तीय उपकरणहरुको प्रयोगमा जोड दिँदा विद्युत खपत बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, तिहार यता क्रमशः स्वदेशमा विद्युत् खपत बढ्न थालेको हो । तिहारको लक्ष्मीपूजाको दिनको साँझ देशभर १९५० मेगावाट बिजुलीको खपत भएको थियो । तर, पछिल्ला दिनमा विद्युत् खपत बढेर २१०० देखि २२०० मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले क्रमशः चिसो बढेकाले विद्युत् खपतसमेत बढ्न थालेको बताए । उनका अनुसार, हाल प्राधिकरणको विद्युत् जडित क्षमता ३ हजार ६०२ मेगावाट छ । तर, खोलानालामा पानीको बहाव उल्लेख्य रुपमा बढ्न सकेको छैन् । हाल प्राधिकरणको राष्ट्रिय प्रणालीमा ३ हजार मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको उनले बताए ।
उद्योगमा घट्दो खपतले निर्यातमा सहजता
स्वदेशमा विद्युत खपत बढे पनि प्राधिकरणले एक हजार मेगावाट हाराहारीको बिजुली भारत निर्यात गरिरहेको छ । बिहान र साँझको समयमा बिद्युत निर्यात केही तलमाथि भए पनि हजार मेगावाटकै हाराहारीमा विद्युत् निर्यात भएको ढकालले बताए ।
स्वदेशका उद्योगहरुले पर्याप्त विद्युत खपत नगर्दा सहज रुपमा निर्यात गर्न सकिएको प्राधिकरणले जनाएको छ । ट्रंक तथा डेडिकेटेड महशुल विवादका कारण कतिपय उद्योगमा प्राधिकरणले विद्युत् लाइन काटेको छ । २५ वटा उद्योगमध्ये १० वटा उद्योगमा विद्युत् लाइन पुनः जोडिए पनि अझै १५ वटा उद्योगमा विद्युत् लाइन जोडिएको छैन् ।
नेपालको औद्योगिक घरानाले कम्तीमा ३५० देखि ४०० मेगावाटसम्म विद्युत् खपत गर्ने गरेका छन् । सबैभन्दा बढी विद्युत् खपत गर्ने क्षेत्र उद्योग कलकारखाना बन्द हुँदा पनि बचत बिजुली भारत निर्यात भइरहेको छ ।
News Desk 0 response बुधबार, कार्तिक २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


