• काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

    शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो ।

    बहुविवाह मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागी शेर्पालाई पक्राउ गरिएको काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

    अदालतले उनी विरुद्ध १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।