• काठमाडौं : काठमाडौं – मकवानपुरको हेटौँडा–काठमाण्डौ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध छ । इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा हिजो बेलुकादेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    उनका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा र हेटौँडाबाट काठमाण्डौ आउनेजाने गाडी बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाउन समन्वय भइरहेको तर अहिलेसम्म काम सुरु भएको छैन ।

    सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।