

-
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको छ ।
यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन् । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरु एकतामा समाहित नहुने बताइन् । पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा र्पाीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको बुझाई छ । उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरुसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन् । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उनकोभनाइ छ ।
उनले भनिन्, ‘अहिले वाम एकताको कुरा चलिरहेको छ । यसमा पनि मुख्यतः नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको कुरा छ एमाले र कमरेड विप्लवलगायतसँग संवाद समेत गरिएको छैन । यी दुई पार्टीबीच एकताको प्रक्रिया टुंगिएको बैठकहरुमा नै ब्रिफिङ गरिसकिएको छ । त्यसो भएको हुनाले यो दुईबीचको मर्जर हो यो । वाम एकता होइन । हामी वाम एकताको पक्षमा छौं । दुई पार्टी मर्ज हुँदा खासै राम्रो परिणाम चाँही दिएन । यस्तो खालको मर्जरले समस्याको समाधान दिँदैन भन्ने मेरो धारणा हो । पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गएपनि एउटा ठुलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागि नहुने निर्णय नै गरेका छौं । किनभने यसले समाधान दिँदैन । झन पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएर नेतृत्वमा झन तानाशाही प्रवृत्ति हावी हुने सम्भावना छ ।’
पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग जाने निर्णय गरे पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको उनको भनाइ छ ।
News Desk 0 response शुक्रबार, कार्तिक १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


