

-
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संविधान संशोधन र सुशासनसंग सम्बन्धित विषयहरूलाई सम्बोधन गरेर मात्र निर्वाचन जान सुझाव दिएको छ। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको जेनजीसहितको छलफलमा राप्रपाले दलको तर्फबाट विद्रोह अधुरो रहँदा पूर्ण विद्रोहको सम्भावना जीवित रहने सम्भावना देखाएको हो।
बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए।
‘यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्छ,’ बैठकमा राखेको धारणा सुनाउँदै प्रवक्ता श्रेष्ठले भने।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरे बमोजिमको राजनीतिक धारणा सरकार, राजनीतिक दल र जेनजीहरू सम्मिलित बालुवाटार बैठकमा औपचारिक रूपमा प्रवेश गराइएको उनले बताए।
विगतको त्रुटिपूर्ण मार्गचित्रका कारण देशमा आजको अवस्था सिर्जना भएको राप्रपाले बताएको उनले सुनाए।
‘यो अवस्थामा सुधार नगरी पुरानो मार्गचित्रकै निरन्तरताले फेरी पनि गलत ठाऊँमै पुगिने अवश्यम्भावी छ। इतिहासले दिएको यो अवसरलाई कोर्स करेक्सनको अवसरको रुपमा सदुपयोग गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइएको छ,’ उनले भने।
त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको ‘कोर्स करेक्सन’को यो अवसरलाई आवश्यक पहलकदमी लिन र इतिहासले सदा सम्मानपूर्वक सम्झने पात्रको रुपमा दर्ज हुन आग्रह गरिएको पनि उनले बताए।
निर्वाचन जस्तो प्रजातान्त्रिक पद्धतिबाट राप्रपा अलग नहुने तर यथास्थितिमा हुने निर्वाचनले समाधान दिँदैन भन्ने राप्रपाको धारणा रहेको उनले बताए।
‘राप्रपाले उठाउदै आएको राजनीतिक, सामाजिक र सुशासनसंग सम्बन्धित विषयलाई बुँदागत रुपमा राखिएको छ। जेनजीका कतिपय फरक फरक धारणाहरुलाई संश्लेषण गरी जेनजी विद्रोहको स्पिरिटसंग एकरुपता कायम गर्न आग्रह गरिएको छ,’ उनले भने।
News Desk 0 response बिहिबार, कार्तिक १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


