

-
काठमाडौं : काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले छठपछि फेरी आन्दोलन गर्ने उद्घोष गरे । प्रसाईँको उद्घोषपछि उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसएसपीहरूले छलफल गरेका छन् ।
कात्तिक ९ मा भएको छलफल र त्यसपछिको संवादमा प्रसाईँ आन्दोलनका कार्यक्रम पछि सार्न सहमत भएका छन् ।
प्रसाईँसँगको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, एसएसपी रमेश थापा, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, एसएसपी होविन्द्र बोगटी र भक्तपुरका प्रजिअ नमराज घिमिरे सहभागी थिए ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईँले सबै कर्मचारीको तलब १ लाख बनाउने बताउँदै आएका छन् । बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको छलफलमा पनि उनले त्यही कुरा बताएका थिए ।
तर, प्रजिअ र उपत्यकाका प्रहरी कमाण्डरहरुले आफ्ना माग वार्ताको माध्यमबाट राख्न आग्रह गरेपछि उनी गृहमन्त्री र प्रधानमन्त्रीसँग ‘वार्ता’ गर्न सहमत भएका हुन् ।
छठपछि गर्ने भनिएको प्रदर्शन तत्काल नगर्न प्रसाईँ सहमत भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।
उनले भने, ‘सुरक्षा चुनौती हिजो भन्दा आज फरक भएको छ, बदलिएको परिस्थितिमा उनी आफ्ना कुरा संवादको टेबलमा राख्न सहमत हुनुहुन्छ ।’
छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्काल ‘आन्दोलन गर्दिंनँ’ भनेर प्रसाईँले स्थानीय प्रशासनसँग कमिटमेन्ट गरेका छन् ।
ती अधिकारीका अनुसार प्रसाईँले वार्ताबाट समस्याको समाधान नभए मंसिर दोस्रो साता मात्र आन्दोलन गर्ने बताएका छन् । साइत हेरेर उनले मंसिर दोस्रो साता आन्दोलनको मिति घोषणा गर्ने छलफलमा बताएका हुन् ।
पूर्वराजाको समर्थनमा तीनकुनेमा आयोजना गरिएको प्रदर्शन बिथोलिएपछि उनी बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर भारत भागेका थिए । प्रसाईँलाई प्रहरीले आसामबाट पक्राउ गरेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो ।
News Desk 0 response मङ्लबार, कार्तिक १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


