

-
टर्किएले बेलायतसँग झन्डै ११ अर्ब अमेरिकी डलरमा २० वटा युरोफाइटर टाइफुन जेट किन्ने सम्झौता गरेको छ । टर्किएले आफ्नै पाँचौं पुस्ताको कान लडाकू विमानहरू विकास गर्दै आफ्नो हवाई प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
सम्झौतामा हस्ताक्षर गर्न बेलायती प्रधानमन्त्री केअर स्टार्मर र टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमवार अङ्कारामा भेटघाट गरेका थिए । बेलायतको रक्षा मन्त्रालयले यो कदमलाई ‘एक पुस्ताको सबैभन्दा ठूलो लडाकु जेट सम्झौता’ भनेर वर्णन गरेको र एर्दोगानले यसलाई ‘दुई नजिकका सहयोगीहरू’ बीचको ‘रणनीतिक सम्बन्धको नयाँ प्रतीक’ भनेर प्रशंसा गरेका खबरमा उल्लेख छ ।
टर्किएको राजधानी अङ्कारामा बोल्दै बेलायती प्रधानमन्त्री स्टार्मरले यो सम्झौता नेटोका लागि पनि जीत भएको बताए। स्टार्मरका अनुसार सोमवारको सम्झौता अन्तर्गत अर्डर गरिएको पहिलो टाइफुन आउँदो सन् २०३० मा टर्किए आइपुग्ने अपेक्षा छ ।
गएको जुलाईमा टर्किए र बेलायतले ४० टाइफुनको डेलिभरीका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए, यो योजनालाई अन्य युरोफाइटर कन्सोर्टियम सदस्यहरू जर्मनी, इटाली र स्पेनले अनुमोदन गरेका थिए ।
इजरायलजस्ता क्षेत्रीय प्रतिद्वन्द्वीहरूसँगको खाडल कम गर्ने प्रयासको एक भागका रूपमा टर्किएको रक्षा मन्त्रालयले कतार र ओमानबाट थप १२ वटा टाइफुन किन्न चाहेको बताएको छ ।
यस्तै गएको वर्ष टर्किएले ४० वटा एफ–१६ लडाकू विमानका लागि अमेरिकासँग ७ अर्ब डलरको सम्झौता भएको पुष्टि गरेको थियो तर अझै प्राप्त गरिसकेको छैन ।
News Desk 0 response मङ्लबार, कार्तिक १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


