

-
काठमाडौं : जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये झन्डै पाँच हजार जना अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार बालसुधारगृहका समेत गरी १४ हजारभन्दा धेरै कैदीबन्दी भागेकामा झन्डै पाँच हजार जना जेल फर्किएका छैनन् ।
दशैँ, तिहार र छठ लगायतका पर्व सकिने क्रममा रहेकोले अब फरार कैदीबन्दीको खोजीलाई तीव्र बनाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदल सक्रिय छ । कार्यदलले पालिका र वडा कार्यालयसँग समेत समन्वय गरेर फरार कैदीबन्दीको सूचना सङ्कलन गर्ने र पक्राउ गर्ने काम गर्ने जिम्मेवारी पाएको छ ।
यस्तै शैक्षिक संस्था, टोल सुधार समिति तथा स्थानीय क्लब, सार्वजनिक गाडी, बसपार्क, मनोरञ्जन स्थलहरू, सीमा नाकालगायतका ठाउँमा फरार रहेका कैदीबन्दीको नामावली पठाएर खोजतलास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
अब फरार कैदीबन्दीको तस्वीर प्रकाशन गर्ने तयारी रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । सार्वजनिक ठाउँमा कैदीबन्दीका तस्वीर टाँसिएमा पहिचान गर्न सहज हुने विश्वास छ ।
यस्तै विभागले फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही हुने जानकारी गराएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि फरार कैदीबन्दी मुख्य चुनौती हुने देखिएपछि उनीहरूलाई पक्राउ गर्न सरकारलाई दबाव बढिरहेको छ ।
News Desk 0 response आइतवार, कार्तिक १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


