

-
काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पर्सि मङ्गलवारदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडका कारण क्षति पुगेका भौतिक संरचना मर्मत गरी पर्सिदेखि कक्षा सञ्चालनमा ल्याउन लागेको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार मङ्गलवारदेखि भौतिक कक्षा सञ्चालन भए पनि अनलाइन कक्षा भने तत्काल शुरू हुने छैन । नागरिक एपमै क्षति पुगेकाले यो सेवा अहिलेका लागि बन्द रहने सुवेदीले बताए ।
यसअघि कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेपछि लिनुपर्ने सचेतना कक्षा गएको असार २९ गतेदेखि अनलाइनबाट पनि सञ्चालन गर्न थालेको थियो । सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रवार दिउँसो साढे २ बजेसम्म कक्षा सञ्चालन हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शनिवार भने १० बजेदेखि १२ बजेसम्म २ वटा कक्षा सञ्चालन हुनेछन् ।
जाँड–रक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, बत्ती तथा लेन अनुशासन पालना नगर्ने चालकले सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।
News Desk 0 response आइतवार, कार्तिक १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


