

-
अमेरिकाले विश्वको सबभन्दा ठूलो युद्धपोत क्यारेवियन सागरमा परिचालन गरेपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिका ‘युद्ध निम्त्याउन’ उद्यत रहेको आरोप लगाएका छन् । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले यूएसएस जेराल्ड आर फोर्ड युद्धपोतलाई भूमध्यसागरबाट क्यारेवियनमा खटिन हिजो आदेश दिएका थिए।
यो युद्धपोतले ९० वटा विमान बोक्न सक्छ । केही समययता अमेरिकाले क्यारेवियन क्षेत्रमा उसको सैन्य उपस्थिति बाक्लो बनाउँदै लगेको छ । लागुऔषध तस्करलाई निसाना बनाउने अभियानका लागि त्यसो गरिएको अमेरिकाले बताएको छ । तर मदुरोले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार अमेरिकाले नयाँ युद्ध निर्माण गर्न खोजिरहेको छ ।
बीबीसीका अनुसार क्यारेवियन क्षेत्रमा युद्धपोत, परमाणु क्षमतायुक्त पनडुब्बी तथा एफ–३५ जस्ता लडाकू विमान खटाइएका छन् । लागुऔषध तस्कर केन्द्रित पछिल्लो आक्रमणमा ६ जना पुरुष मारिएको अमेरिकी रक्षामन्त्री हेग्सेथले दाबी समेत गरेका छन् ।
यो कारबाही क्यारेवियन सागरमा रहेको एक जहाजमाथि गरिएको र त्यो जहाज ट्रेन डे आराग्वा नामक भेनेजुएलाली अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनको रहेको हेग्सेथले बताएका छन् । मदुरो लामो समयदेखि ट्रम्पको विरोधीकारुपमा मानिन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरो लागुऔषध तस्करी गर्ने सङ्गठनका नाइके भएको आरोप लगाएका छन् । मदुरोले ती आरोपलाई अस्वीकार गरेका छन् । ट्रम्पले भेनेजुएलाभित्र रहेका कोकिन उत्पादन केन्द्रहरू तथा लागुऔषध ओसारपसारका मार्गहरूलाई निसाना बनाउनेबारे सोचविचार गरिरहेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । ट्रम्पले यसबारे अन्तिम निर्णय लिन बाँकी रहेको रिपोर्टमा उल्लेख छ ।
News Desk 0 response शनिबार, कार्तिक ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



