

-
युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको शिखर बैठक रद्द भएको छ । अर्को हप्ता ट्रम्प र पुटिनबीच हंगेरीको राजधानी बुडापेस्टमा भेटवार्ता हुने भनिएकोमा त्यो रद्ध भएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रूबियो र रूसी विदेशमन्त्री सेर्गेइ लावरोभबीच टेलिफोन कुराकानी भएपछि भेटवार्ताको योजना स्थगित भएको हो । अमेरिकी राष्ट्रपती कार्यालय ह्वाइट हाउसले ट्रम्प र पुटिनबीच निकट भविष्यमा अब कुनै बैठकको योजना नरहेको जनाएको छ ।
गाजामा युद्धविराम गराउन सफल भएपछि ट्रम्पले युक्रेन युद्ध रोक्ने पहललाई तिब्रता दिएका थिए। रोकिएको शान्ति वार्ता पुनः सुरू गर्न चलिरहेको कूटनीतिक प्रयासबीच बुडापेस्ट शिखर बैठक घोषणा गरिएको थियो । तर बैठक रद्ध भएपछि पुटिनको जिद्दीपनबाट ट्रम्प रूष्ट बनेका छन्। उनले युक्रेनलाई लामो दूरीका टोमहक मिसाइलहरू दिने सङ्केत गरेको बीबीसीले जनाएको छ । यसले युक्रेनी सेनालाई रुसी राजधानी मस्कोभित्रै आक्रमण गर्न सक्षम बनाउनेछ ।
News Desk 0 response बुधबार, कार्तिक ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


