

-
काठमाडौं : नेपाली कम्युनिस्ट आन्दोलनका सङ्घर्षशील व्यक्तित्व मोहन वैद्य किरणले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । गएको वर्ष मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित वैद्यले स्वास्थ्यका कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौंमा आज बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सहभागी वैद्यले आफ्नो राजीनामा दिएको घोषणा गरेका हुन्। बैठकले उनको राजीनामा स्वीकृत गरी वरिष्ठ नेता सीपी गजुरेललाई महासचिवमा नियुक्त गरेको छ ।
७९ वर्षका वैद्य पछिल्लो समय निमोनिया र दमको रोगबाट पीडित हुनुहुन्छ । नेकपा (माओवादी) ले २०५२ सालमा घोषणा गरेको सशस्त्र युद्धका मुख्य योजनाकार रहेका किरण २०६२/६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा ६ दशक सक्रिय वैद्यले कहिल्यै पनि लाभको पदमा बसेर काम गरेनन् । २०६४ सालको पहिलो संविधानसभा चुनावपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य रहेकामा उनले ६ महिना नपुग्दै राजीनामा दिएका थिए ।
News Desk 0 response आइतवार, कार्तिक ३, २०८२

सम्बन्धित शीर्षकहरु
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म घरबाहिर हिँडडुल नगर्न सुझाव
बुधबार, बैशाख १६, २०८३-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



