

-
काठमाडौं : सगरमाथाको शिखरमा पहिलो मानव पाइला पुर्याउने अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ नाम्चेका शेर्पाको गएराति निधन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । ९२ वर्षका शेर्पा केही महिनादेखि काठमाडौंमा उपचाररत थिए।
सङ्घले मृतक शेर्पाप्रति श्रदाञ्जली दिँदै उनको जीवन साहस, धैर्यता र इतिहास निर्माण गर्ने योगदानको प्रतीक रहिररहने उल्लेख गरेको छ ।
सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वको सर्वोच्च शिखर सगरमाथामाको शिखरमा पुगेका थिए । त्यस बेला आधार शिविरभन्दा माथि बाटो पहिल्याउन आरोहीहरूसहित ३५ जना खटिएकामा शेर्पा पनि एक थिए।
त्यति बेला २० वर्षका कान्छा शेर्पासहित अरू दुई जना शेर्पाले आधार शिविरदेखि चौथो शिविरसम्म बाटो खोज्न सक्रियता देखाएका थिए। आरोहणका लागि भक्तपुरबाट चार सय भरिया र ३५ जना आरोहण दल अघि बढेकोमा नाम्चेबाट जोक्पेलाई भारी बोकाएकोले धेरैजसो भरिया फर्किएका थिए ।
मृतक कान्छा शेर्पाको आउँदो आइतवार अन्त्येष्टि गर्ने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
News Desk 0 response बिहिबार, अशोज ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


