

-
काठमाडौं : इजरायल र हमासबीच गाजामा संघर्षविराम लागू भएपछि लाखौं प्यालेस्टिनीहरू आफ्नो घर भएको ठाउँ फर्किरहेका छन्।
शुक्रबार दिउँसोसम्म इजरायलले गाजामाथि आक्रमण गरिरहेको थियो। तर दिउँसो संघर्षविराम लागू भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुन थालेको थियो । त्यसपछि शनिबार प्यालेस्टिनीहरूको ठूलो भीड पैदलै गाजा सिटीतर्फ फर्किन सुरु गरेको थियो ।
गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालका अनुसार, संघर्षविराम लागू भएपछि करिब दुई लाख प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्किसकेका छन् ।
भग्नावशेषमा आफ्नो घर खोज्दै मानिसहरू
गाजा सिटीको शेख रदवान डिस्ट्रिक्टका बासिन्दा इस्माइल जायदा ती दुर्लभ व्यक्तिमध्ये एक हुन्, जसको घर दुई वर्ष लामो युद्धमा पनि बाँकी रह्यो । जायदा भन्छन्, ‘अल्लाहको कृपा हो, मेरो घर अझै उभिएको छ। तर वरपरको इलाका पूर्ण रूपमा नष्ट भएको छ, मेरो टोलका सबै घर ध्वस्त भएका छन्, पूरा डिस्ट्रिक्ट समाप्त भएको छ ।’
मेहदी साकला पनि तीमध्ये एक हुन्, जसले आफ्नो परिवारसहित ज्यान जोगाउन गाजाबाट भागेका थिए र अब फर्किएका छन् । उनी भन्छन्, ‘घर त बचेका नै छैनन् । तर हामी फर्कन पाउँदा खुसी छौँ, चाहे त्यहाँ भग्नावशेष मात्र किन नहोस् ।’
गाजाको दोस्रो ठूलो शहर खान यूनिसमा पनि अहिले ठूलो संख्यामा प्यालेस्टिनीहरू फर्किरहेका छन् ।
समाचार संस्था एपीसँग कुरा गर्दै फातमा रादवानले भनेकी छन्, ‘केही पनि बाँकी छैन । केही कपडा, काठ र भाँडाकुँडाका टुक्रा मात्र छन् ।’
धेरैजना फर्केपछि मलबामै आफ्ना मरेका प्रियजनहरू खोज्दै छन् । खान यूनिस फर्किएका अहम अल बरिमलाई आफ्नो घरको भग्नावशेषमा काठको एउटा बलो भेटियो । अहिले उनी यही बलो बालेर खाना पकाइरहेका छन् ।
इजरायली सेनाको फिर्ती
गाजा सिभिल डिफेन्स एजेन्सीका अनुसार, इजरायली सेना र त्यसका बख्तरबन्द सवारीसाधनहरू गाजा सिटी र खान यूनिसबाट फिर्ता भइरहेका छन् ।
संघर्षविराम लागू भएपछि पनि इजरायलले प्यालेस्टिनीहरूलाईसेनाको गतिविधिमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । इजरायलका अनुसार, सेना अहिले ‘अपरेसनको पोजिसन’ मिलाउँदै छ ।
हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले भनेअनुसार, जुन–जुन क्षेत्रमा इजरायली सेना फिर्ता हुँदैछ, त्यहाँ सुरक्षा बल पठाइँदैछ ।
राष्ट्रसंघको राहत टोलीलाई अनुमति
यसैबीच शनिबार इजरायलले गाजामा संयुक्त राष्ट्रसंघका राहत अभियानहरूलाई अनुमति दिएको छ । जोर्डन र इजिप्टजस्ता छिमेकी देशहरूले गाजाका लागि १ लाख ७० हजार मेट्रिक टन राहत सामग्री पठाउन तयारी अवस्थामा राखेका छन् ।
दुई वर्ष लामो गाजा युद्धका क्रममा इजरायलले गाजामा खानेकुरा र राहत सामग्रीको आपूर्तिमा कडा प्रतिबन्ध लगाएको थियो । त्यसकै कारण गाजामा भोकमरीका कारण पनि हजारौं मानिसले ज्यान गुमाएका छन् । संघर्षविरामपछि पनि कुपोषण ठूलो समस्या बनेको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता कार्यक्रमका प्रमुख टम फ्लेचरका अनुसार, गाजामा संयुक्त राष्ट्रसंघ र त्यसका साझेदारहरूले हालसम्म जम्मा २० प्रतिशत मात्र सहायता पु¥याउन सकेका छन् ।
News Desk 0 response आइतवार, अशोज २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



