• काठमाडौं : गत असोज १७ देखि १९ गतेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग वैकल्पिक रुपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रुपमा खुलाइएको छ ।

    सडक विभागका अनुसार, रोशी खोलाले करिब ५ किलोमिटर सडक भत्काएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

    सडक विभागको टोलीले निरन्तर सडक खुलाउने प्रयास गरेका कारण शुक्रबारदेखि उक्त राजमार्ग एकतर्फी रुपमा खुला भएको हो । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बीपी राजमार्ग खुले पनि दुई लेन डाइभर्सनका काम भने अघि बढेको बताए ।