

-
काठमाडौं : गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीका कारण देशका अधिकांश सडक राजमार्ग अवरुद्ध बने ।
बीपी राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्गजस्ता महत्वपूर्ण सडक सञ्जालहरु बाढीले तहसनहस नै पार्यो ।
एक वर्षअघिको बाढीले क्षतिविक्षत पारेको बिपी राजमार्ग डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको थियो । यसपालीको बाढीले बिपी राजमार्गलाई पुरानै हालतमा फर्काइदियो । यसपालीको बाढीले बिपी राजमार्गको झन्डै ५ किलोमिटर सडक रोशीखोलाले बगाएपछि यातायात पूर्ण अवरुद्ध बन्न पुग्यो ।
त्यस्तै,कोशी र मेची राजमार्ग पनि बाढी र पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध बने । अहिलेसम्म पनि ती राजमार्ग सुचारु हुन सकेका छैनन् । कर्णाली राजमार्ग,पासाङ ल्हामु सडक,तमोर करिडोरलगायत अन्य सडक सञ्जालहरु अहिलेसम्म पनि अवरुद्ध नै छन् ।
नेपाल प्रहरीले बिहीबारसम्म प्राप्त गरेको विवरणअनुसार, हालसम्म पनि बाढीका कारण ६ वटा मुख्य राजमार्गको ९ ठाउँमा सडक अवरुद्ध छ । कोशी लोकमार्ग र कान्ति लोकपथ एकतर्फी रुपमा खुलाइएको छ । बाढीका कारण अवरुद्ध सडक जतिसक्दो छिटो क्लियर गरेर यातायात सुचारु गर्ने सडक विभागको योजना छ ।
अवरुद्ध सडक कहिलेसम्म खुल्छन् रु र यातायात पुनः सुचारु हुन अझै भन्न सकिने अवस्था भने छैन् । यद्यपी, सडक विभागका अनुसार, पूर्वी नेपाल जाने सबैभन्दा महत्वपूर्ण बिपी राजमार्गको पुनर्निमाणको काम सुरु भइसकेको छ ।
सडक विभागका अनुसार, बीपी राजमार्ग अब २।३ दिनभित्र पुनर्निमाण भइ यातायात सुचारु हुने देखिन्छ । विभागले अवरुद्ध रहेका अन्य महत्वपूर्ण राजमार्गको पहिरो पन्छाउनेका काम तीव्र रुपमा अघि बढाएको बताएको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बाढीका कारण अवरुद्ध सडक यथासक्य छिटो खुलाउन ठाउँ ठाउँमा मेसिन र जनशक्ति परिचालन गरिएको बताए । उनका अनुसार, अबको १० दिनभित्र सबैजसो अवरद्ध सडक सञ्चालन आउने देखिन्छ ।
कुन कुन सडक छन् अवरुद्ध ?
बिहीबारसम्म कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका ४ बरुणखोला र मकालु गाउँपालिका ३ एकुवा भन्ने स्थानमा सडक पूर्ण अवरुद्ध छ ।त्यस्तै, इलाम नगरपालिका ९ राजदूवालीलगायतका ठाउँमा पहिरोका कारण मेची राजमार्ग पूर्ण अवरद्ध बनेको छ । यता,मध्यपहाडी राजमार्गअनर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ श्रीदली भन्ने स्थान,रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत गोसाइकुण्ड गाउँपालिका २ अन्तर्गत विभिन्न ३ स्थानमा पहिरो र सोही गाउँपालिकाको वडा नम्बर ५ को स्याप्रुबेंशी भन्ने स्थानमा पहिरोका कारण सडक पूर्ण अवरुद्ध छ ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ माम्तीखोला, ऐ।डालाबेशी,बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानमा पहिरो गएर सडक पूर्ण अवरुद्ध बनेको छ । सोही राजमार्गको सुनकोशी गाउँपालिका वडा नम्बर १ स्थित नेपालथोक भन्ने स्थानमा पनि पहिरो गएर सडक पूर्ण अवरद्ध हुन पुगेको छ ।
News Desk 0 response बिहिबार, अशोज २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


