• काठमाडौं : यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । सोमबार देशका केही स्थानदबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    “आज मिति २०८२ असोज २० का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ,” महाशाखाले सोमबार दिउँसो जारी गरेको मनसुन बहिर्गमनमा उल्लेख छ ।