

-
काठमाडौं : लगातारको भारी बर्षाका कारण यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड फ्लाइटमार्फत् भैरहवाबाट काठमाडौं पठाइने भएको छ।
नवलपरासीदेखि पश्चिमतर्फ पानी नपरे पनि नारायणीदेखि पूर्वतर्फ शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षाका कारण राष्ट्रिय राजमार्गहरू अवरूद्ध भएपछि अत्यावश्यक कामका लागि काठमाडौं जाने यात्रुहरू ठाउँ ठाउँमा अलपत्र परेका छन्।
रूपन्देहीमा अलपत्र परेका यात्रुहरूलाई आइतबार चार्टर्ड फ्लाइटमार्फत् काठमाडौं पठाउन लागिएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ।
‘भारी वर्षाका दुई दिनदेखि सवारी साधन सञ्चालन हुन नसकेपछि अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड फ्लाइटमार्फत् काठमाडौं पठाउन लागिएको हो, आइतबार राति ८ बजे १५८ सिट क्षमताको नेपाल वायुसेवा निगमको जहाज पठाउँदै छौं, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भने।
प्रमुख जिल्ला अधिकारी पाण्डेले उपचारको लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीको लागि विदेश जान टिकट लिइसकेका यात्रु, पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाउने तयारी रहेको बताए।
जल तथा मौसम विभागले पूर्वजानकारी गराए अनुसार बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका अधिकांश जिल्लामा शुक्रबार रातिदेखि वर्षा भएको थियो।
वर्षाका कारण काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत अवरुद्ध छन्।
News Desk 0 response आइतवार, अशोज १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


