

-
काठमाडौं : दशैंको मुख्य दिनहरु सुरु भइसक्दा पनि देशभर बर्षा र बदली भइरहेको छ । दशैंमा घमाइलो दिन हुने गरेकोमा यस वर्ष आज फुलपातीका दिन पनि देशका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको हो । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा गएरातीदेखि बिहानसम्मै पानी परेको थियो।
देशका कतिपय ठाउँमा अत्यधिक बर्षा समेत भएको छ । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार रूकुमपश्चिमको बाफीकोटमा पछिल्लो १२ घन्टामा एक सय ४६ दशलमव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा ८३ दशमलव ४, कास्कीको लामापाटनमा ६० मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली भई कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेर स्थानीय वायूको प्रभाव रहेको छ ।
यसपालीको दशैंभर नै बदली तथा वर्षाको संभावना छ । जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन निकालेर अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ । विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
News Desk 0 response सोमवार, अशोज १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


