

-
इजरायल र हमासको युद्धमा अहिलेसम्म ६६ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणपछि ज्यान गुमाउनेको सङ्ख्या ६६ हजार ५ पुगेको र १ लाख ६८ हजार १ सय ६२ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । अस्पतालमा उपचारका लागि ल्याइएकामध्ये पछिल्लो २४ घण्टामा ७९ जनाको ज्यान गएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु वाशिङ्गटनमा रहेका बेला र भोलि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने योजना बनाइरहेका बेला इजरायली सेनाले गाजामा आक्रमणलाई निरन्तरता दिएको छ ।
इजरायलको आक्रमणले गाजाको विशाल क्षेत्रहरू ध्वस्त पारेको छ, झन्डै ९० प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ र विनाशकारी मानवीय सङ्कट निम्त्याएको छ । विज्ञहरूले गाजा शहरले अनिकालको सामना गरिरहेको बताएका छन् ।
हमासद्वारा सञ्चालित मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घ र धेरै स्वतन्त्र विज्ञहरूले भरपर्दो अनुमानका रूपमा हेरेका छन् ।
News Desk 0 response आइतवार, अशोज १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


