

-
काठमाडौं : दशैँ मनाउन ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या बढेको छ । यतिबेला देशभरका मुख्य सडकमा गाडी निर्वाध रूपमा चलिरहेका छन् । मुग्लिन–नारायणगढ सडकमा पनि समस्या नरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
गाडी आवागमन दुईतर्फी नै भइरहेको र चाप उच्च भएकाले लेन अनुशासनको पालना गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले आग्रह गरेको छ । ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने सबै सडकहरुको अवस्था सामान्य रहेको छ ।
भोलि फूलपातीदेखि सरकारी कार्यालय, स्कुलसँगै अरू विभिन्न निकायमा पनि बिदा हुने भएकाले पेसा र व्यवसायमा सङ्लग्न मानिस टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ बढ्नेछ । आज आइतवारसम्म झन्डै सात लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घटस्थापना अर्थात् गएको सोमवारयता काठमाण्डौ उपत्यका छोड्ने यात्रुको सङ्ख्या क्रमशः बढिरहेको छ । तर दशैँ पर्वका लागि मानिसहरु जन्मथलोमा जाने क्रम चल्दै गर्दा सडकमा सास्ती पाएको गुनासो पनि छ । सडकमा पहिरोको जोखिम, खाल्डाखुल्डी तथा टिकटको अग्रिम बुकिङ खुल्ला नगर्दा यसपाली यात्रामा असहज भएको यात्रुहरुको गुनासो छ ।
News Desk 0 response आइतवार, अशोज १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


