

-
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भंग गर्दै आउँदो मंसिर अन्त्यमा महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटी बैठक सकिएको छ।
बिहीबार राजधानीमा सुरू भएको केन्द्रीय कमिटी बैठक शुक्रबार सकिँदै गर्दा माओवादी केन्द्रीय कमिटी अब महाधिवेशन आयोजक कमिटीमा
रूपान्तरण भएको छ। अध्यक्ष प्रचण्ड अब संयोजक बनेका छन्।‘अहिलेको पार्टी पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने निर्णय भएको छ,’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि भएको छ।’
प्रवक्ता सापकोटाले सम्पत्ति छानबिन पदाधिकारीबाट सुरू हुने जानकारी दिँदै कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने निर्णय भएको पनि बताए।
‘महाधिवेशन मंसिरको अन्त्यमा हुनेछ,’ उनले भने।
दुई दिन चलेको माओवादी बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव परिमार्जन सहित पारित गर्दा नेताहरू नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको प्रस्ताव भने अस्वीकृत गरेको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले फागुन २१ को चुनावपछि मात्रै महाधिवेशन गर्न भनेका थिए। त्यस्तै पार्टीको कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने उनको प्रस्ताव थियो।
उपमहासचिव जनार्दन शर्माले अहिलेका कोही पनि पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउन प्रस्ताव गरेका थिए।
‘अहिलेका पदाधिकारीहरूलनाई निर्देशक समितिमा रूपान्तरण गरौं,’ जनार्दनको प्रस्ताव थियो।
श्रेष्ठ र शर्मा दुवैको प्रस्ताव बैठकले अस्वीकृत गरेको छ।
बैठकमा सहभागीहरूले राखेका सवालहरूको जबाफ दिने क्रममा अध्यक्ष प्रचण्डले ‘फेरि आफै अध्यक्ष बस्न खोजेको अर्थमा नबुझिदिन’ आग्रह समेत गरेका थिए।
नारायणकाजी र जनार्दन लगायतका नेताहरूले नेतृत्व छाड्न भनेपछि उनले भने ‘म यति वर्षपछि छोड्छु भन्ने, छोडेर सुख पाइने चिज होइन भन्ने छ मेरो बुझाइ। तर त्यसको अर्थ बिल्कुल के नलागोस् भने अध्यक्ष नै बस्न खोजेको, महाधिवेशन गरेको दुराशयपूर्ण छ भन्ने, प्रिय कमरेडहरू, यो स्तरको आशंका नगरियोस्।’
पार्टी सामान्य रूपमा रूपान्तरण हुने स्थिति नदेखिएपछि तल्लो तहसम्मै बहस र छलफल पुर्याउनुको विकल्प नभएको उनको भनाइ थियो।
बैठकमा सहभागी नेताहरूले दिएको जानकारी अनुसार प्रचण्डले भने ‘आखिरमा उपाय के हुन सक्छ भन्दा तलसम्म बहस पुर्याउनु, छलफल पुर्याउनु, हजारौँ र लाखौँ पार्टीका सदस्यहरूका विचार र भावनाहरूलाई केन्द्रित गर्नु, ती सबैलाई सम्मेलन र प्रतिनिधि निर्वाचन हुँदै महाधिवेशनसम्म ल्याएर केन्द्रित गर्ने भन्दा बृहत् जनवादी अभ्यासहरू केही हुनै सक्दैन।’
News Desk 0 response शुक्रबार, अशोज १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


