

-
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने नेताहरूको आलोचना गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न अमेरिका जानुअघि नेतान्याहुले पश्चिमा नेताहरूले आतङ्कवादीलाई इजरायलको मुटुमा राज्य दिन चाहेका भन्दै आलोचना गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणाको विरुद्धमा बोल्ने पनि बताए। उनले हिजो पश्चिमा नेताहरूले ‘प्यालेस्टिनी आतङ्कवाद’ को अगाडि लज्जास्पद आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए ।
बेलायत, क्यानडा, अस्ट्रेलिया, फ्रान्सलगायतका देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरिसकेका छन् ।
यसैबीच इजरायलले गाजा शहरमाथिको आक्रमण बढाएको छ । प्यालेस्टिनी एन्क्लेभमा इजरायली आक्रमणमा परी आज कम्तीमा १९ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
पछिल्ला हप्ताहरूमा इजरायली सेनाले गाजा शहरमा भूमिगत आक्रमण तीव्र पारेपछि लाखौं मानिस विस्थापित हुन बाध्य भएका छन् ।
News Desk 0 response बिहिबार, अशोज ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


