

-
भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको प्रदर्शन हिजो हिंसात्मक बनेको छ । लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकालेका थिए ।
प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी ९बीजेपी० को जिल्ला कार्यालयमा आगो लगाएको र प्रहरी तथा सुरक्षा निकायका गाडीहरूमा तोडफोड तथा आगजनी गरेको बीबीसी हिन्दीले जनाएको छ । यस घटनापछि प्रशासनले लेहमा कर्फ्यु लगाएको छ । साथै, भारतीय दण्ड संहिता अन्तर्गत बीएनएसको धारा १६३ लागू गरिएको छ, यसमा पाँच जना भन्दा बढी व्यक्तिको जमघटमा प्रतिबन्ध लगाइएको छ । कुनै पनि जुलुस वा र्याली निकाल्न पूर्व लिखित अनुमति अनिवार्य गरिएको खबरमा उल्लेख छ ।
प्रदर्शनको नेतृत्व गर्दै आएका पर्यावरणविद् र सामाजिक अभियन्ता सोनम वांगचुक १५ दिनदेखि आमरण अनशनमा हुनुहुन्थ्यो । हिजो हिंसा र तनावपूर्ण परिस्थितिपछि उहाँले अनशन तोड्नुभएको छ । उहाँले एक भीडीयोे सन्देशमार्फत् हिंसा र तोडफोडप्रति दुःख व्यक्त गर्दै युवाहरूलाई संयमित रहन र शान्तिपूर्ण मार्ग अपनाउन आग्रह गरेका छन् । लेहमा हजारौं युवा सडकमा उत्रिएको र ‘जेन जेडी’ क्रान्ति भएको उहाँको भनाइ छ ।
बीजेपीका प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले पार्टी कार्यालयमा आगो लगाइएको पुष्टि गर्नुभएकोछ । यता, सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो । लेह–लद्दाख संवेदनशील क्षेत्र हो । चीनको सीमासँग जोडिएको यो भूभागमा हिंसा हुनुलाई विश्लेषकहरूले गम्भीर विषय भनेका छन । साथै भारत सरकारका लागि यो एक चेतावनी पनि भएको विज्ञहरुको भनाइ छ ।
News Desk 0 response बिहिबार, अशोज ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


