• काठमाडौं : मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    आज साँझ ५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

    रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत आग्रह गरिएको छ ।