• काठमाडौं : झन्डै ४५ घण्टापछि मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ ।

    सो सडकखण्डको तुइनखोलामा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा संयौं यात्रु अलपत्र परेका थिए ।

    सडक विभागको टोली, स्थानीय प्रशासन र प्रहरीको सक्रियतामा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले हाललाइ एकतर्फी रूपमा सडक सञ्चालनमा आएको बताए ।