

-
काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गरेका छन् ।
सिटौलाका अनुसार मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडीहरू मुग्लिनतर्फ रोकिएका छन् । हिजो र आजका लागि टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेको उनले जानकारी दिए । ुयदि अहिले गाडीहरूलाई पठाइएमा पनि उनीहरू बाटोमै अलपत्र पर्ने जोखिम छ । सामान्य अवस्थामा पनि गन्तव्यसम्म पुग्न कम्तीमा ६९७ घण्टा लाग्ने गर्छ, तर अहिले बाटोको अवस्था अनिश्चित भएकाले यात्रा थप कष्टकर हुनेछ,ु सिटौलाले भने ।
३६ घण्टाभन्दा बढी समयदेखि अलपत्र परेका यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना खुवाउने तथा अन्य सहयोग गरिरहेको सिटौलाले जानकारी दिए ।
ुअहिले यात्रुहरूका लागि दुई विकल्पमाथि छलफल गरिरहेको छ। पहिलो, यात्रा गर्ने नचाहने यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्ने व्यवस्था गर्नेु उनले भने, ुदोस्रो, बाटो खुलेपछि मात्रै यात्रा गर्ने इच्छा राख्ने यात्रुहरूका लागि सोही अनुसारको व्यवस्थापन गर्ने।ु
सिटौलाले अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने स्पष्ट पारे ।
सडक विभागका महानिर्देशक, मन्त्री, सचिवहरूसँगको समन्वयमा एउटा ह्वाट्सएप ग्रुप समेत बनाइएको र त्यसमार्फत सडकको अवस्था तथा यात्रुको व्यवस्थापनबारे जानकारी आदानप्रदान भइरहेको सिटौलाले जानकारी दिए । उनले बाटो सहज भएपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने बताएका छन् ।
यता सडक डिभिजन भरतपुरले सडक अझै अवरुद्ध नै रहेकोले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नु अनुरोध गरेको छ। नौबिसे–दामन–हेटौडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट ९कालीगण्डकी करिडोर० हुँदै यात्रा गर्न आग्रह गरिएको हो ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


