• काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

    असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिए । त्यस्तै असोज १६ गते बिहीबार ११:५३ बजे दसैँको टिकाको शुभसाइत रहेको छ ।

    वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू
    १. वि सं. २०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९:१३ बजे

    २. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार– झण्डा फेर्ने, बिहान ९:५३ बजे (पूर्व मोहडा)

    ३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।

    ४. वि.सं. २०८२ साल असोज १३ गते सोमबार– फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे

    ५. वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि

    ६. वि.सं. २०८२ साल असोज १५ गते बुधवार– महानवमी स्थिरासन बिहान ९:२३ बजे

    ७. वि.सं. २०८२ साल असोज १६ गते बिहीवार– विजया दशमी, देवी विसर्जन, बिहान ९:२३ बजे
    टीका बिहान ११:५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने)
    श्री तुलजाभवानी यात्रा, दिवा १२:१९ बजे स्थिरासन दिवा १।१७ बजे, खड्गयात्रा ।
    ८. वि.सं. २०८२ साल असोज २० गते सोमबार– अखिलबलिपूर्ति ।

    वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।

    547761949_804484878798631_8739258217185631125_n