

-
इजरायलले ठूलो स्थल आक्रमण सुरू गरेपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागेका छन् । इजरायलले युद्धक विमानहरूमार्फत गाजामा रातभर ठूलो हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही शुरू गरेको केही मिडिया रिपोर्टहरूले दाबी गरेका छन् । गाजावासीले यो आक्रमणलाई नर्कका रूपमा वर्णन गरेका खबरमा उल्लेख छ ।
इजरायली सेनाले यो शहर अहिले प्यालेस्टिनी विद्रोही समूह हमासको मुख्य गढ भएको बताएको छ ।
सोमवार जेरुसेलम भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाको ‘अटल समर्थन’ को आश्वासन दिएपछि यी आक्रमणहरू भएका हुन् ।
गएको महिना इजरायली राष्ट्रपति नेतान्याहुले गाजा शहरमाथि नियन्त्रण लिने योजनाको घोषणा गर्दा अन्तर्राष्ट्रिय आलोचना भएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसङ्घको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । यद्दपि इजरायलको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय प्रतिवेदनलाई ‘विकृत र गलत’ भन्दै अस्वीकार गरेको छ ।
News Desk 0 response मङ्लबार, भदौ ३१, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


