

-
काठमाडौं : नेकपा (एमाले) का नेताहरूले ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् ।
आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, सर्वोच्च अदालतलगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेको सचिव गोकर्ण विष्टले बताए । सार्ववजनिक संरचनाहरूमा आगजनी र तोडफोड गर्ने ‘जेन–जी’ पुस्ताको चाहना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको उनले आशङ्का गरे । घटनाको सत्यतथ्य छानबिन गरी तोडफोड र आगजनीमा संलग्नहरूलाई आवश्यक कारबाही गर्न एमाले सचिव विष्टको माग छ ।
उनले भने, ‘प्रतिनिधिसभाका निवर्तमान प्रतिनिधि र नेताहरूले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्यौँ । धेरैजसो ठाउँमा संरचनाहरू ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्तावेजहरू समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौँ । यो अवस्था निकै दुःखदायी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने जेन–जी पुस्ताको यो चाहना थिएन होला । यसमा को को शक्तिहरू घुसे र के कारणले यस्ता घटनाहरू घटे भन्ने विषयमा छानबिन गर्नुपर्छ ।’
सचिव विष्टले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। युवा पुस्ताको चाहना अनुसार राजनीतिक दलहरू परिमार्जन हुने कुरालाई सबैले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
News Desk 0 response मङ्लबार, भदौ ३१, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


