• काठमाडौं : जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ ।

    सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्को बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने तोकिएको छैन ।

    आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले जनाएको छ ।