• काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा भएका उनी आज आफै घोषणा गर्दै कारागार गएका हुन् ।

    लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म सँगै गएर साथ दिएका छन् । लामिछानेले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।

    आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको उनले दुःखेसो समेत पोखे।