

-
काठमाडौँ ।बोस्टनमा रहेका हावर्ड, एमआईटी लगायतका प्रतिष्ठित संस्थासँग सम्बद्ध नेपाली पेशाकर्मीहरूको समूह बोस्टन प्राज्ञ समाज ले हालै नेपालमा सम्पन्न ऐतिहासिक आन्दोलनप्रति समर्थन जनाएको छ। समाजले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहादत भएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
वक्तव्यमा भनिएको छ, “यो आन्दोलनले नयाँ पुस्ताको समृद्ध, समावेशी र जवाफदेही शासनमा आधारित नेपाल निर्माण गर्ने तथा दशकौँदेखि समाजमा गाँजिएको भ्रष्टाचार, नातावाद र असमानताको अन्त्य गर्ने मागलाई उजागर गरेको छ।”
समाजले अब आन्दोलनको पहिलो चरण सकिएको र अब मुलुक निर्माणको समय आएको उल्लेख गर्दै युवाहरूलाई नागरिक समाज, पेशागत क्षेत्र तथा विभिन्न समुदायका नेतासँग समावेशी संवाद गर्दै आफ्ना आकांक्षालाई ठोस सुधार योजनामा रूपान्तरण गर्न आह्वान गरेको छ।
बोस्टन प्राज्ञ समाजले आवश्यक परेमा नेपालको विकासका लागि प्रविधि, अनुसन्धान, नवप्रवर्तनलगायत क्षेत्रमा परामर्श, प्राविधिक मार्गदर्शन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। निकट भविष्यमा विस्तृत दृष्टिकोण दस्तावेज सार्वजनिक गर्ने र समान उद्देश्य भएका सहकर्मी तथा संस्थाहरूसँग सहकार्य गर्ने तयारीसमेत समाजले जनाएको छ।
समाजले आन्दोलनमा संलग्न युवाहरूलाई संयमता अपनाउन, सार्वजनिक सम्पत्ति र कानुनी शासनको सम्मान गर्न र आन्दोलनले हासिल गरेको उपलब्धिलाई कायम राख्न आग्रह गरेको छ। साथै, आन्दोलनलाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्ने वा घुसपैठ गर्ने प्रयासविरुद्ध सचेत रहन अपील गरिएको छ।
वक्तव्यमा आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीहरूमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ। बिज्ञप्तिमा समन्वयक डा. सुदीप पौडेल र कैलाश अधिकारी रहेका छन् ।
News Desk 0 response बिहिबार, भदौ २६, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


