• काठमाण्डाै : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट देश, नागरिक र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षको सहयोग पाउनेमा उनले विश्वास ब्यक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू ‘जेन जी’ का प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई आग्रह गरेका हुन्